close

ठग्ने उद्देश्यले खोलिएका नक्कली फेसबुक अकाउन्ट रिपोर्ट गर्न सिर्जना सुवेदीको अनुरोध

टेकपाना टेकपाना

फागुन ५, २०८० १२:४६

ठग्ने उद्देश्यले खोलिएका नक्कली फेसबुक अकाउन्ट रिपोर्ट गर्न सिर्जना सुवेदीको अनुरोध

काठमाडौं । अमेरिकामा श्रीमान्‌को उपचारमा रहेकी सिर्जना सुवेदीको नामबाट नक्कली फेसबुक अकाउन्ट खोलेर रकम माग्ने गतिविधि अझै चलिरहेको पाइएको छ । सुवेदीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक स्टोरी राख्दै आफ्नो नाममा नक्कली अकाउन्ट बनाएर पैसा असुली भइरहेको बताएकी हुन् । 

“तपाईंहरू जस्तो दयालु मान्छेहरूबाट पैसा लुट्न कसैले नक्कली बनाएर चलाइरहेको छ । उक्त व्यक्तिले 'म' बनेर त्यस अकाउन्टबाट आर्थिक सहयोगका लागि अनुरोध गरिरहेको छ । कृपया सबैले उक्त पेज रिपोर्ट गर्नुहोला,” उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् । उक्त स्टोरीमा उनले नक्कली फेसबुक अकाउन्टको लिङ्क समेत राखेकी छिन् ।

No description available.

पछिल्लो समय सिर्जना र विवेक पङ्गेनीको जोडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएको छ । ब्रेन ट्युमरबाट ग्रसित विवेकको अहिले अमेरिकामा उपचार भइरहेको छ । सिर्जनाले उपचार तथा हेरचाहका विभिन्न क्षणलाई कैद गरेर सामाजिक सञ्जालमा राखिरहेकी छिन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ती भिडिओ हरेर विवेकको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । स्क्यमारले यही कुराको फाइदा उठाउँदै ६ महिनायता ठगी धन्दा चलाइरहेको देख्न सकिन्छ । 

सुवेदीले आफ्नो आधिकारिक इन्स्टाग्राम, टिकटक वा फेसबुक अकाउन्टमा पछिल्लो समय गुगल पेमा रकम पठाइदिन अनुरोध गरेकी छैनन् । उनको अकाउन्टमा भने गोफन्डमीको लिङ्क देख्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १३:२