close

पुराना ल्यापटप निःशुल्क सरसफाई गरिदिंदै नियोस्टोर, साथमा सफ्टवेयर र हार्डवेर परीक्षणसँगै परामर्श पनि

टेकपाना टेकपाना

फागुन १४, २०८० १६:४

पुराना ल्यापटप निःशुल्क सरसफाई गरिदिंदै नियोस्टोर, साथमा सफ्टवेयर र हार्डवेर परीक्षणसँगै परामर्श पनि

काठमाडौं । नियोस्टोरले कुनै पनि ब्रान्डका र जतासुकैबाट किनेका पुराना ल्यापटप निःशुल्क सरसफाइ, सफ्टवेयर तथा हार्डवेयर परीक्षण र प्राविधिकसँगको परामर्श दिइरहेको छ । कम्पनीले ११ फेब्रुअरीदेखि सुरु गरेको यस किसिमको निःशुल्क सेवा ८ मार्चसम्मका लागि दिने भएको हो । 

“फ्रि सर्भिस क्याम्प” नाम दिइएको यो अफर पुतलीसडक शाखामा २८ फेब्रुअरीदेखि १ मार्चसम्म प्राप्त गर्न सकिनेछ । त्यस्तै माइतीघर शाखामा ३-८ मार्चसम्म यो क्याम्प चल्नेछ । 

जुन जावलाखेल शाखामा ११-१६ फेब्रुअरी र  न्युरोड शाखामा २१-२३ फेब्रुअरीसम्म सञ्चालन भएको थियो । फ्रि सर्भिस क्याम्पमा ल्यापटपको भित्रि सरसफाइ, हार्डवेयर तथा सफ्टवेयर परीक्षण र विज्ञसँगको निःशुल्क परामर्श समावेश छन् ।

यस अवधिमा डेल ल्यापटप ब्याग खरिदमा ५० प्रतिशत छुटका साथै फ्रि सर्भिस क्याम्पमा लगिएको ल्यापटपमा एसएसडी र एचडीडी आवश्यक परेमा त्यसमा १५ प्रतिशत छुट समेत रहेको छ । माइतिघरको फ्रि सर्भिस क्याम्प सम्पन्न भए पश्चात् भने नियोस्टोरको सेवामा पूर्ववत् शुल्क लाग्नेछ । 

कम्पनीले यसअघि नै खोलेर भित्रि पार्ट्स परिवर्तन गरिसकेका ल्यापटप भने यो क्याम्पमा समेट्न नसकिने बताएको छ । नियोस्टोर डेल र एसुस ल्यापटपको आधिकारिक वितरक समेत हो । 

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १६:११