close

नेपाली बजारमा आउँदै ‘भिभो भी३०’, केके छन् विशेषता ?

टेकपाना टेकपाना

फागुन १६, २०८० १६:४

नेपाली बजारमा आउँदै ‘भिभो भी३०’, केके छन् विशेषता ?

काठमाडौं । नेपाली बजारमा भिभोको नयाँ फाइभजी स्मार्टफोन आउने भएको छ । कम्पनीले चाँडै नै ‘भिभो भी३०’ मोडेलको स्मार्टफोन ल्याउने तयारी गरेको हो ।

भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्पनीकाे दाबी छ । थ्रीडी कर्भ्ड स्क्रिन रहेकाे फाेनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.७८ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।

एन्ड्रोइड १४ मा आधारित फनटच १४ ओएसमा चल्ने फोनमा क्वालकम स्न्यापड्रागन ७ जेन थ्री चिपसेट दिइएको छ ।

कम्पनीका अनुसार यसमा रहेको औरा लाइटले सामान्य फ्ल्याशभन्दा ठूलो र नरम फिल लाइट प्रदान गर्नेछ । साथमा यसको पुरानो भर्जनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ ।

​भी३० मा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ । त्यस्तै कम्पनीले वाइड–एंगल क्यामेरालाई पनि अपग्रेड गरेको छ । यसमा रहेको ५० मेगापिक्सेल एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचरले परिवार र साथीभाइसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यो फोनमा ५००० एमएएचको ब्याट्री छ, जसका लागि ८० वाटको फास्ट चार्जिङ उपलब्ध हुनेछ ।

कम्पनीले यो फोन ८+१२८ जीबी, ८+२५६, १२+२५६ जीबी, १२+५१२ जीबी भेरियन्टमा उत्पादन गरेको छ । नेपाली बजारमा कुन-कुन भेरियन्ट आउने र मूल्य कति पर्ने भन्ने विषयमा केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० १६:१९