close

विन्डोज ११ मा एन्ड्रोइड एप तथा गेम सपोर्ट बन्द हुँदै

टेकपाना टेकपाना

फागुन २३, २०८० १७:१७

विन्डोज ११ मा एन्ड्रोइड एप तथा गेम सपोर्ट बन्द हुँदै

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ मा सदाका लागि एन्ड्रोइड एप तथा गेमको सपोर्ट बन्द गर्ने भएको छ । एक ब्लगपोस्ट जारी गर्दै माइक्रोसफ्टले ५ मार्च २०२५ देखि विन्डोज सबसिस्टम फर एन्ड्रोइड (डब्लूएसए) बन्द हुने जनाएको हो ।

यसको अर्थ माइक्रोसफ्टले अमेजन एपस्टोरको सपोर्ट २०२५ देखि सदाका लागि बन्द गर्नेछ । अमेजन एप स्टोरका एन्ड्रोइड एप विन्डोज ११ मा चल्न मिल्ने सेवा नै डब्लूएसए हो ।

माइक्रोसफ्टले डब्लूएसए सपोर्ट बन्द गर्न थालेपछि विन्डोज ११ मा अमेजन एपस्टोरबाट डाउनलोड गरिएका एपले काम गर्न छाड्नेछन् । यद्यपि प्रयोगकर्ताले निर्बाध रुपमा ५ मार्च २०२५ सम्म विन्डोज ११ मा अमेजन एप स्टोरको पहुँच पाउन सक्छन् । त्यसपछि भने प्राविधिक रूपमा डब्लूएसएमा आधारित भएका कुनै पनि एपले सपोर्ट पाउने छैनन् । 

सम्बन्धित समाचार

विन्डोज कम्प्युटरमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड एप

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १७:२६