दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
फागुन २५, २०८० १३:३०
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रियामाथि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्राधिकरणमा कानून विपरीत अध्यक्ष नियुक्ति भएको भन्दै रामदेव यादवले अन्तरिम आदेश जारी गर्न माग राखी अदालतमा रिट दायर गरेका थिए । रिट निवेदक यादव दूरसञ्चार प्राधिकरणको अध्यक्षका प्रत्यासी समेत थिए ।
बिहीवार उक्त रिट उपर बहस गरेपछि उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

६ फागुनकाे मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: फागुन २५, २०८० १३:४६
