close

जीआईएस सम्बन्धी रुचि राख्ने विद्यार्थीलाई अवसर, परियोजनाको आधारमा अमेरिका जान सकिने

टेकपाना टेकपाना

फागुन २६, २०८० १७:७

जीआईएस सम्बन्धी रुचि राख्ने विद्यार्थीलाई अवसर, परियोजनाको आधारमा अमेरिका जान सकिने

काठमाडौं । भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी काम गर्ने भारतीय कम्पनी ईएसआरआई इन्डियाले नेपालमा ‘ईएसआरआई इन्डिया योङ स्कलर प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई सशक्तीकरण गर्ने उद्देश्यका लागि एज्री इन्डियाले यस्ताे कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई जीआईएस सम्बन्धी आफ्नो परियोजना प्रदर्शन गर्ने प्लेटफर्मका रूपमा काम गर्ने बताइएको छ । कार्यक्रममा जीआईएस वा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

विद्यार्थीले १० मार्चसम्म दर्ता तथा १७ मार्चसम्ममा आफ्ना परियोजना बुझाइसक्नु पर्नेछ । तिनै परियोजनाहरू रचनात्मकता, नवीनता, समस्या समाधान र प्रभावकारी प्रयोगका आधारमा छानिने छन् ।

सो प्रक्रियाबाट बनेका विजेतालाई 'एज्री इन्डिया योङ स्कलर अफ द इयर’ उपाधि, प्रमाणपत्र र १२ महिनाको आर्कजीआईएस लाइसेन्स दिइने छ । साथै शीर्ष विजेता जुलाई २०२४ मा हुने ईएसआरआई एजुकेसन समिट र ईएसआरआई इन्टरनेसनल युजर कन्फ्रेन्स, क्यालिफोर्निया अमेरिकामा समेत सहभागी हुन सक्नेछन् ।

नेपालमा अहिले नियोटेरिकले एज्री इन्डियाका लागि मास्टर रिसेलरको काम गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन यहाँ र थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० १७:७