close

इन्स्टाग्राममा आएको इमोजी गेम कसरी खेल्ने ?

टेकपाना टेकपाना

फागुन २७, २०८० ११:५२

इन्स्टाग्राममा आएको इमोजी गेम कसरी खेल्ने ?

काठमाडौं । इन्स्टाग्रामको डाइरेक्ट मेसेज (डीएम) मार्फत साथीहरूसँग कुराकानी गर्न सकिन्छ । तर त्यही फिचरमा इन्स्टाग्रामले इमोजी गेम ल्याएको छ । 

यदि तपाईंले पहिले टेबल टेनिस वा पिङपङ खेल्नु भएको छ भने इन्स्टाग्रामको इमोजी गेम त्यही गेमको भर्चुअल भर्सन हो । यो गेम खेल्न तपाईंले कुनै पनि थर्ड पार्टी एप्लिकेसन इन्स्टल गर्नु पर्दैन । 

- सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि भएको मेसेजको आइकन ट्याप गर्नुहोस् । 

- यति भएपछि कुनै एउटा अकाउन्ट खोल्नुहोस् । (अकाउन्ट आफ्नै सर्च गरे पनि हुन्छ ।)

- उक्त अकाउन्टमा इमोजी (तपाईंले जुन इमोजी पठाउनु भयो, त्यही इमोजी गेममा देखिन्छ) पठाउनुहोस् । 

- अनि उक्त इमोजीमा ट्याप गर्नुहोस् । 

- त्यसपछि उक्त गेम देखिन्छ । गेममा तल झर्न लागेको इमोजीलाई तल देखाइएको बारले रोक्नुहोस् । 

यसको अर्को फाइदा के छ भने तपाईंले अफलाइनमा पनि यो गेम खेल्न सक्नुहुन्छ । विशेषगरी अफलाइन हुँदा प्रयोगकर्ताहरू क्रोमको डाइनाेसर गेम खेल्ने गर्छन् । यस्तोमा यो इमोजी गेम पनि उपयुक्त हुन सक्छ । यो गेम भने तपाईं एक्लैले खेल्नुपर्ने हुन्छ ।

सम्भवतः निकट भविष्यमा इन्स्टाग्रामले यो गेम दुई वा सोभन्दा बढी प्रयोगकर्ताले एकै पटक खेल्न मिल्ने बनाउन सक्छ । 

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० ११:५८