close

गुगल मिटमा पनि अब भिडिओ इफेक्ट र फिल्टर

टेकपाना टेकपाना

चैत ३, २०८० १५:५७

गुगल मिटमा पनि अब भिडिओ इफेक्ट र फिल्टर

काठमाडौं । प्रयोगकर्ताको व्यक्तिगत कललाई आनन्ददायी बनाउन गुगल मिटको वेब भर्सनमा समेत भिडिओ फिल्टर तथा इफेक्ट थपिने भएको छ । यसअघि मोबाइल एपमा उपलब्ध फिचर अब वेब भर्सनमा उपलब्ध हुन लागेको हो ।

गुगलका अनुसार मिटको वेब भर्सनमा सब्डल र स्मुथिङ गरी दुई प्रकारको फिल्टर उपलब्ध हुनेछ ।

सब्डल इफेक्टले छालालाई अलि नरम बनाउने, आँखालाई उज्यालो बनाउने छ । त्यस्तै स्मुथिङले सब्डल इफेक्ट अझ बढी आकर्षक देखाउने छ ।

 

गुगलले सार्वजनिक गरेको जीआईएफ फाइलमा यी इफेक्टको प्रभाव देखाइएको छ । जहाँ यी इफेक्ट प्रयोग गर्दा अनुहारमा नाटकीय परिवर्तन भएको देख्न सकिँदैन । यसको साटो हल्का प्रभाव परेको देख्न सकिन्छ । 

गुगल मिटको वेबमा इफेक्ट प्रयोग गर्न सेटिङभित्र गएर 'अप्लाई भिजुअल इफेक्ट' छान्नुहोस् ।

त्यहाँबाट 'एपिरेन्स' मा जानुहोस् ।

अब त्यहाँ 'पोट्रेट टप अप' भन्ने विकल्प देखिन्छ । त्यहीँबाट यी दुई फिल्टर छान्न सकिन्छ ।

यद्यपि यो गुगलको सशुल्क ग्राहकका लागि उपलब्ध हुने बताइएको छ । मिटजस्तै अन्य भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म जुम र माइक्रोसफ्ट टिम्समा यसअघि नै विभिन्न फिल्टर आइसकेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० १७:४०