close

युट्युब भिडिओको अटो-जेनेरेटेड क्याप्सनमा गल्ती देख्नुभयो ? सच्याउन अब सल्लाह दिन मिल्ने

टेकपाना टेकपाना

चैत ७, २०८० १७:१५

युट्युब भिडिओको अटो-जेनेरेटेड क्याप्सनमा गल्ती देख्नुभयो ? सच्याउन अब सल्लाह दिन मिल्ने

काठमाडौं । युट्युबमा हुने अटो-जेनेरेटेड क्याप्सनमा भुल सुधारको सल्लाह दिन सकिने फिचर आउने भएको छ । भिडिओ हेर्दा स्वतः तयार हुने क्याप्सन गल्ती भए सुधारका लागि सल्लाह दिन सकिने फिचर आउन लागेको हो । 

२००९ देखि युट्युबमा आएको यस फिचरबाट हुने गल्ती सम्बोधन गर्न यस्तो फिचर ल्याउन लागिएको कम्पनीले जनाएको छ । यसका लागि युट्युबले आफ्नो हेल्प पेज समेत अपडेट गरिसकेको छ ।

उक्त पेजका अनुसार हाल यो फिचर युट्युबको डेस्कटप भर्सनमा परीक्षणकै क्रममा छ । यदि तपाईंले परीक्षणमा समावेश गरिएको भिडिओ देख्नुभयो र त्यसमा गल्ती पाउनुभयो भने आफ्नो सुझाव पेस गर्न सक्नुहुन्छ ।

त्यसका लागि तपाईंले भिडिओमा देखिने सेटिङ आइकनमा क्लिक गरेर अघि बढ्नुपर्ने हुन्छ । तर तपाईंले सल्लाह दिँदैमा त्यसमा सुधार भने भइहाल्दैन ।

तपाईंले दिएको सल्लाहलाई अन्य प्रयोगकर्ताले भोट गर्न सक्छन् । यसरी प्राप्त हुने सल्लाहमा भिडिओको क्रियटरले पहुँच पाउन सक्छन् । सार्वजनिक रूपमा यो फिचर कहिले उपलब्ध हुन्छ भनेर खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १७:२८