close

ग्लोबल आईएमई बैंकले बिजुली गाडी किन्न ९.४९ प्रतिशत ब्याजदरमै ऋण दिने

टेकपाना टेकपाना

चैत ८, २०८० १८:२६

ग्लोबल आईएमई बैंकले बिजुली गाडी किन्न ९.४९ प्रतिशत ब्याजदरमै ऋण दिने

 

काठमाडौं । ग्लोबल आईएमई बैंकले बिजुली गाडी किन्न ९.४९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । बैंकले चारपाङ्ग्रे गाडी किन्न चाहनेहरूलाई ​पाँच वर्षसम्म उक्त ब्याजदरमा र पाँच वर्षभन्दा बढीका लागि ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको हो ।

बैंकले घोषित ब्याजदर ऋण अवधिभर निश्चित रहने तथा त्यसमा कुनै हेरफेर नहुने स्पष्ट पारेको छ । यस्तो ऋण अधिकतम सात वर्षसम्मका लागि लिन सकिनेछ ।

जसमा निःशुल्क क्रेडिट कार्ड र पहिलो एक वर्षका लागि निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

'ग्रिन ड्राइभ' नाम दिएर ल्याएको यो अफरलाई 'ड्राइभ टुवार्ड सस्टेनेबिलिटी विथ ग्लोबल अटोलोन'को रूपमा उल्लेख गरेको छ । यो अफरका लागि अन्य सर्त समेत लागू हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १८:२६