close

प्राकृतिक विपद्‌मा एसएमएसमार्फत पूर्व सूचना प्रवाह गरेको भन्दै एनसेललाई सम्मान

टेकपाना टेकपाना

चैत ११, २०८० ११:४४

प्राकृतिक विपद्‌मा एसएमएसमार्फत पूर्व सूचना प्रवाह गरेको भन्दै एनसेललाई सम्मान

काठमाडौं । पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सरकारले एनसेललाई सम्मान गरको छ । बिहीबार राजधानीमा आयोजित पूर्वसूचना प्रणाली सम्बन्धी कार्यशालामा जलस्रोत तथा सिँचाई सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मान स्वरूप कदर पत्र प्रदान गरेका हुन् । 

एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसम जन्य विपद्को सूचना सम्प्रेषणमा  सहयोग पुर्‍याउँदै आएको छ । जसमा सन् २०१६ देखि कम्पनीले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेका ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको हो ।  

गत पुसमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको एक समझदारी मार्फत सहकार्यलाई थप विस्तार गरेको थियो । जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ ओटा जोखिम समेटिएका छन् ।

सोही अनुरूप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ । जसमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण र घुम्रपात रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८० ११:४४