close

साथीसँगै रिल्स हेर्न मिल्ने फिचर ल्याउँदै इन्स्टाग्राम

टेकपाना टेकपाना

चैत १८, २०८० १६:३१

साथीसँगै रिल्स हेर्न मिल्ने फिचर ल्याउँदै इन्स्टाग्राम

काठमाडौं । इन्स्टाग्रामले साथीसँगै रिल्स भिडिओ हेर्न मिल्ने फिचर ल्याउने भएको छ । ‘ब्लेन्ड’ नाम दिइएको यस फिचरको सहयोगबाट तपाईंले आफ्नो कुनै एक साथीलाई सँगै रिल्स हेर्न निम्ता दिन सक्नु हुनेछ ।

त्यसपछि तपाईं र तपाईंको साथीको रूचिका आधारमा प्लेटफर्ममा रिल्स देखाउन प्राइभेट फिड तयार हुनेछ । रिभर्स इन्जिनियर एलेसान्ड्रो पालुज्जीले पहिलो पटक यस फिचर फेला पारेका हुन् । उनले नियमित रूपमा सामाजिक सञ्जालले ल्याउने फिचरहरू सार्वजनिक हुनु अगावै पत्ता लगाउँदै आएका छन् । 

यसको जानकारी सामाजिक सञ्जाल एक्समा शेयर गर्दै उनले 'ब्लेन्ड' ल्याउन इन्स्टाग्रामले हाल काम गरिरहेको उल्लेख गरे । इन्स्टाग्रामले तपाईंले पहिले हेर्नुभएको रिल्सको आधारमा तपाईं र साथी दुवैलाई मन पर्नसक्ने रिल्स देखाउने बताइएको छ । तर यसबारे त्यति धेरै जानकारी भने बाहिरिएको छैन ।

यद्यपि स्पोटिफाईको ‘ब्लेन्ड प्ले’ जसरी यसले काम गर्ने अनुमान छ । स्पोटिफाईको उक्त फिचरमा तपाईं र तपाईंको साथीको रूचिका आधारमा संयुक्त प्लेलिस्ट बन्ने गर्छ । इन्स्टाग्राममा भने गीत नभएर तपाईंहरू दुई जनाको रिल्सको फिड मर्ज हुने भएको हो । 

यसरी मर्ज भएको रिल्सको फिड तपाईं र तपाईंको साथीले मात्र हेर्न सक्नुहुने छ । साथै त्यसरी शेयर गरिएको रिल जुनै समयमा पनि हटाउन सकिने छ ।

twitter.com/alex193a/status/1773268623219396714?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1773268623219396714%7Ctwgr%5E498b6ff1f00a029744d5743163f765f71e8d3464%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Ftechcrunch.com%2Fwp-admin%2Fpost-new.php

पछिल्लो अध्यावधिक: चैत १८, २०८० १६:३१