close

७ विधामा राष्ट्रिय आईसीटी अवार्ड वितरण गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत २०, २०८० १७:२४

७ विधामा राष्ट्रिय आईसीटी अवार्ड वितरण गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

काठमाडाैं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनेहरू मध्येबाट सरकारले उत्कृष्टलाई सम्मान गर्ने भएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२४ (आईसीटी अवार्ड) वितरण गर्न लागेकाे हाे ।

सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसरमा यस वर्ष पनि नेपालको आईसीटी क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

यो वर्ष ​नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४, नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ (महिला), नेसनल आईसीटी इनोभेसन अवार्ड २०२४, नेसनल आईसीटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभटे सेक्टर प्रोभेन्सियल) र नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२४ वितरण गरिने भएको छ । 

अवार्डका लागि इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिले यहाँ क्लिक गरी उपयुक्त विधा छानेर आवेदन फारम भर्न सक्नेछन् । फारम भरिसकेपछि [email protected] मा आगामी ४ वैशाख अपरान्ह ५ बजेभित्र ईमेल पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १७:२४