काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको हाे ।
यो योजना अन्तर्गत ग्राहकले सात लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले निःशुल्क टायर, सात किलोवाटको एसी चार्जर, र चालु आर्थिक वर्षको सडक करमा छुट लगायतका लाभ समेत लिनसक्ने कम्पनीले जनाएको छ ।
यो अफरले ग्राहकलाई एमजी गाडी खरिद गर्न थप प्रोत्साहन गर्ने अपेक्षा कम्पनीले राखेको छ ।
अहिले नेपालमा एमजी ४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन मोडेलमा विद्युतीय सवारी साधन बिक्री गर्दै आएको छ ।
यो अफर देशभर रहेका २१ ओटा एमजी शोरुमहरूमा उपलब्ध हुने बताइएको छ । ग्राहकले आफ्नो नजिकैको शोरुममा गएर अफरबारे थप जानकारी लिनसक्ने छन् ।