रेड्मी नोट १३ अफर: फोन किन्दा ४ हजारसम्म नगद छुट, इयरबड निःशुल्क, स्मार्टवाचमा विशेष छुट
बैशाख ११, २०८१ १९:४७
काठमाडौं । साओमीले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारी रेड्मी नोट १३ सिरिजमा ल्याएको विशेष अफरको समय थपेको छ । 'न्यु इयर, न्यु नोट' नामको यो अफर अप्रिल महिनाभर (वैशाख १८ सम्म) सञ्चालन हुनेछ ।
यसअन्तर्गत रेड्मी १३ सिरिजका फोन किन्दा कम्पनीले इयरबड निःशुल्क दिनुका साथै विशेष छुटमा स्मार्टवाच उपलब्ध गराउने छ ।
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस फाइभजी खरिदमा ग्राहकले रेड्मी बड्स फोर एक्टिभ रु. १,६९९ मै वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ मै किन्न सक्नेछन् ।
त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा ग्राहकले स्टक रहुन्जेलसम्म रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् ।
मूल्य तथा अफर
रेड्मी नोट १३
६/१२८ जीबी भेरियन्ट- मूल्यः रु. २४,९९९
८/२५६ जीबी भेरियन्ट- मूल्यः रु. २७,९९९
अफर- रेड्मी बड्स ४ एक्टिभ निःशुल्क (स्टक रहुन्जेल)
रेड्मी नोट १३ प्रोः
८/२५६ जीबी भेरियन्ट- २ हजार छुट पछिको मूल्यः रु ३२,९९९
१२/५१२ जीबी भेरियन्ट- ४ हजार छुट पछिकाे मूल्यः रु ३५,९९९
रेड्मी नोट १३ प्रो प्लस फाइभजीः
८/२५६ जीबी भेरियन्ट- मूल्यः रु ४७,९९९
१२/५१२ जीबी भेरियन्ट- मूल्यः रु ५२,९९९
अफर- रेड्मी बड्स ४ एक्टिभ मात्र रु. १,६९९ मा वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ मा
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १९:४७
