काठमाडौं । साओमीले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारी रेड्मी नोट १३ सिरिजमा ल्याएको विशेष अफरको समय थपेको छ । 'न्यु इयर, न्यु नोट' नामको यो अफर अप्रिल महिनाभर (वैशाख १८ सम्म) सञ्चालन हुनेछ ।
यसअन्तर्गत रेड्मी १३ सिरिजका फोन किन्दा कम्पनीले इयरबड निःशुल्क दिनुका साथै विशेष छुटमा स्मार्टवाच उपलब्ध गराउने छ ।
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस फाइभजी खरिदमा ग्राहकले रेड्मी बड्स फोर एक्टिभ रु. १,६९९ मै वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ मै किन्न सक्नेछन् ।
त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा ग्राहकले स्टक रहुन्जेलसम्म रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् ।