अब नेपालमै विद्युतीय गाडी उत्पादन, चीनको गोल्डेन ड्रागनले ३ अर्ब लगानी गर्ने
बैशाख १७, २०८१ २१:४१
काठमाडौं । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो ।
सोमबार चीनमा आयोजित एक कार्यक्रमबीच दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पहिलो चरणमा गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ लगानी हुनेछ ।
एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले यही वर्षदेखि नेपालमा विद्युतीय सवारी निर्माणको काम सुरु हुने बताए । उनका अनुसार वार्षिक पाँच हजारभन्दा बढी गाडी उत्पादन गर्ने योजना रहेकाे छ ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १०:४४
