close

सरकारबाट क-कसले पाए आईसीटी अवार्ड ?

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १४:५१

सरकारबाट क-कसले पाए आईसीटी अवार्ड ?

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसर पारी सरकारले सात विधामा आईसटी अवार्ड दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजधानीमा बिहीवार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न व्यक्ति एवं संस्थालाई आईसीटी अवार्ड प्रदान गरे ।

सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसरमा नेपालको आईसीटी क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई अवार्ड वितरण हुँदै आएको छ । 

यो वर्ष ​नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४, नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ (महिला), नेसनल आईसीटी इनोभेसन अवार्ड २०२४, नेसनल आईसीटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभटे सेक्टर प्रोभेन्सियल) र नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२४ वितरण गरिएको छ । ​


क-कसले पाए आईसीटी अवार्ड ?

  • नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४- डा. शैलेन्द्र गिरी
  • नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४- लेना केशरी कंसाकार
  • नेसनल आईसीटी अवार्ड २०२४ (पब्लिक सेक्टर)- सामाजिक सुरक्षा कोष
  • नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर)- डेटा हब प्रालि 
  • नेसनल आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर- प्रोभिन्सियल) डाइनामिक टेक्नोसफ्ट
  • ​नेसनल आईसीटी इनोभेसन अवार्ड २०२४- वन पोइन्ट फाइनान्सियल सर्भिसेस
  • नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२४- मोनाल टेक

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १४:५१