close

अब फोन नम्बर बिनै गुगल अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन सेटअप गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १३:२८

अब फोन नम्बर बिनै गुगल अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन सेटअप गर्न सकिने

काठमाडौं । अब फोन नम्बर बिनै गुगल अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन (2FA) सेटअप गर्न सकिने भएको छ । यसअघि टुएफए इनेबल गर्न प्रयोगकर्ताले फोन नम्बर प्रयोग गर्नुपर्ने बाध्यता थियो । नयाँ अपडेटसँगै अब भने गुगलले टुएफएका लागि 'सेकेन्ड स्टेप मेथड' पनि इनेबल गर्नेछ ।

यसमा तपाईंले अथेन्टिकेटर एप अथवा हार्डवेयर सेक्युरिटी की छान्न सक्नुहुन्छ । एसएमएस भेरिफिकेसन नभएपछि टुएफए अझ सुरक्षित हुने बताइएको छ । गुगलले वर्कस्पेस अपडेटमा लेखेको ब्लग अनुसार यसले टुएफए लागू गर्ने तरिका परिवर्तन गर्नेछ ।

गुगलले यो परिवर्तन वर्कस्पेस  र पर्सनल अकाउन्टमा पठाउन सुरु भइसकेको छ । अबको केही दिनमा सबै गुगल अकाउन्टमा यो परिवर्तन देख्न पाइने गुगलले बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १३:२८