काठमाडौं । एक समयको चर्चित फोन नोकिया ३२१० फेरि बजारमा आएको छ । सन् १९९९ मा पहिलो पटक आएको यो फोनलाई अहिले फिनिस कम्पनी एचएमडी ग्लोबलले २५ वर्षपछि मौलिक तथा आधुनिक मिश्रित डिजाइनमा सार्वजनिक गरेको हो ।
नोकिया ३२१० (२०२४) मा ब्लुटुथ ५.०, फोरजी कनेक्टिभिटी, सुधारिएको डिस्प्ले, २ मेगापिक्सेल क्यामेरा लगायका विशेषता छन् । यसमा समाचार, मौसम र युट्युब शर्ट्समा पहुँच प्रदान गर्दै क्लाउड एप्स पोर्टल पनि प्रस्तुत गरिएको छ ।
यो फोन कालो, निलो र सुनौलो रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ । १९९९ मोडेलको तुलनामा अहिलेको मोडेलको आकार थोरै सानो छ ।
दुई ओटा सिम राख्न मिल्ने फोनमा नोकियाको चर्चित प्रिलोडेड स्नेक गेम पनि रहेको छ । त्यस्तै १४५० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीले भारतसहित विभिन्न देशमा यो फोन उपलब्ध गराएको छ ।
भारतमा फोनको मूल्य ७८०० भारु (१२ हजार ४८० नेपाली रुपैयाँ) हुने चर्चा छ । नेपालमा कहिलेदेखि उपलब्ध हुन्छ वा हुँदैन भन्ने विषय खुलिसकेको छैन ।
फोनका विशेषता
Model: TA-619
Dimensions: 122x52x13.14 mm
Weight: 87.8 g
Display: 2.4 inch, QVGA
Memory: 128/64 MB (ROM/RAM), expandable with a 32 GB microSD
Processor: Unisoc T107
Camera: 2MP with LED flash
Battery: 1450 mAh, removable, with 9.8 hours talk time
Connectivity: Bluetooth 5.0, 3.5 mm jack, USB Type-C