close

उत्तर कोरियाली ह्याकरले गरे दक्षिण कोरियाको अदालतमा साइबर आक्रमण, संवेदनशील डेटा चोरी

टेकपाना टेकपाना

बैशाख ३०, २०८१ १५:४१

उत्तर कोरियाली ह्याकरले गरे दक्षिण कोरियाको अदालतमा साइबर आक्रमण, संवेदनशील डेटा चोरी

काठमाडौं । उत्तर कोरियाली ह्याकरले विगत दुई वर्षयता दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्क कब्जा गरेको खबर बाहिरिएको छ । दक्षिण कोरियाली प्रहरी र राष्ट्रिय अनुसन्धान सेवाले गरेको संयुक्त अध्ययनले हालै यस्तो तथ्य ल्याएको हो ।

अध्ययन प्रतिवेदन अनुसार अदालतको कम्प्युटर नेटवर्कमा पहुँच बनाई ठूलो मात्रामा आममानिसको व्यक्तिगत विवरण चोरी भएको छ । यसअन्तर्गत २०२१ जनवरी देखि २०२३ फेब्रुअरीसम्मको समयमा ह्याकरले १ टीबीभन्दा बढी डेटा तथा कागजात संकलन गरेका छन् ।

यो डेटामा व्यक्तिको नाम, दर्ता नम्बरका साथै आर्थिक अभिलेखहरू संलग्न छन् । यो ह्याकिङमा उत्तर कोरियाली ह्याकर समूह लाजारस रहेको दाबी गरिएको छ ।

ह्याक भएकामध्ये पाँच हजार १७१ ओटा फाइल अनुसान्धनको क्रममा पहिचान गरिएको छ । यो संख्या कुल ह्याक भएको संख्याको ०.५ मात्रै हो ।

ह्याकरले क्रिप्टोकरेन्सीका लागि कम्प्युटर नेटवर्कमाथि आक्रमण गरेको प्रारम्भिक अनुमान गरिए पनि डेटा सार्वजनिक गर्ने तथा फिरौती रकम मागेको घटना आएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८१ १५:४२