close

वनएक्स बेटका एजेन्ट भक्तपुरबाट पक्राउ, चार वर्षमा २ अर्बभन्दा बढीको कारोबार

टेकपाना टेकपाना

बैशाख ३१, २०८१ १२:९

वनएक्स बेटका एजेन्ट भक्तपुरबाट पक्राउ, चार वर्षमा २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । प्रहरीले वनएक्स बेट लगायत अवैध सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका २४ वर्षीय अनिल ढुङ्गानालाई सार्वजनिक गरेको हो । 

काभ्रेको मण्डनदेउपुर घर भएका उनलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको प्रहरीले  जनाएको छ । उनले विगत चार वर्षको अवधिमा दुई अर्ब एक करोड रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको बताइएको छ ।  उनले वनएक्स बेट लगायतका अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म प्रयोग गरी उक्त कारोबार गरेको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८१ १२:२६