close

सरकारले कम्तीमा एक हजार युवालाई स्टार्टअप गर्न सहुलियत कर्जा दिने

टेकपाना टेकपाना

जेठ १, २०८१ १६:२

सरकारले कम्तीमा एक हजार युवालाई स्टार्टअप गर्न सहुलियत कर्जा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै आगामी आर्थिक वर्षमा नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने नीति समेत सरकारले लिएको छ ।

"स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिनेछ," सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,"निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअप विकास र प्रवर्द्धन गरिनेछ । आगामी आर्थिक वर्ष कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिनेछ ।"

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १६:२