close

विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने

टेकपाना टेकपाना

जेठ १, २०८१ १८:६

विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने

काठमाडौं । विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने भएको छ । मंगलवार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा यी विषयसम्बन्धी कानून तर्जुमा गर्ने योजना समेटिएको हो ।

त्यस्तै विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरी व्यवसायको कार्यप्रक्रिया पुनःसंरचना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

साथै विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता कायम गर्न इन्टरनेट तथा डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने, विभिन्‍न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्‍चालनमा ल्याइने लगायतका योजना अघि सारिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १८:६