close

छात्रवृत्तिमा इन्जिनियरिङ पढेका जनशक्तिलाई राष्ट्रिय प्राविधिक सेवामा काम गर्ने अवसर

टेकपाना टेकपाना

जेठ १०, २०८१ १५:४४

छात्रवृत्तिमा इन्जिनियरिङ पढेका जनशक्तिलाई राष्ट्रिय प्राविधिक सेवामा काम गर्ने अवसर

काठमाडौं । लागत साझेदारीमा अध्ययन पूरा गरेका र राष्ट्रिय प्राविधिक सेवामा परिचालन हुने जनशक्तिलाई शिक्षण संस्थाको प्राथमिकता क्रम निर्धारण गरी आवेदन दिन विश्वविद्यालय अनुदान आयोगले आह्वान गरेको छ ।

एक सूचना प्रकाशित गर्दै आयोगले राष्ट्रिय प्राविधिक सेवामा परिचालन हुने विद्यार्थीलाई शिक्षण संस्थाको प्राथमिकता क्रम निर्धारण गरी आवेदन दिन आह्वान गरेको हो । 

लागत साझेदारीमा दक्ष प्राविधिक शिक्षण जनशक्ति विकास कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ (परिमार्जित २०८०) बमोजिम छात्रवृत्ति प्राप्त गरी स्नातक तहमा इन्जिनियरिङ र कृषि विधा अध्ययन पूरा गरेका विद्यार्थीहरू देशका विभिन्न स्थानमा रहेका शिक्षण संस्थामा खटिने छन् ।

उनीहरूले यही निर्देशिका अनुसार स्नातक तह अध्ययनका लागि तीन लाख रुपैयाँ बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरेका थिए । अब उनीहरूले कम्तीमा पनि दुई वर्ष सशुल्क सेवा गर्नुपर्ने छ । सोका लागि नै शिक्षण संस्थाहरूलाई प्राथमिकता क्रम निर्धारण गरी राष्ट्रिय प्राविधिक सेवामा खटिन आयोगले आह्वान गरेको हो ।

विद्यार्थीहरूले २३ जेठ २०८१ सम्म कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् । 

त्यसपछि इन्जिनियरिङ विषयहरूका हकमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयबाट र कृषि विषयका हकमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट प्राप्त योग्यता क्रम सूची र आवेदकको शिक्षण संस्था प्राथमिकता क्रमलाई मिलान हुने गरी शिक्षण संस्थाको सिफारिस गरिने आयोगको सूचनामा उल्लेख छ । 

आयोगको सूचनाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १६:१०