close

ह्वाट्सएपमा अब एआईले नै प्रोफाइल फोटो बनाइदिने

टेकपाना टेकपाना

जेठ १२, २०८१ १३:५८

ह्वाट्सएपमा अब एआईले नै प्रोफाइल फोटो बनाइदिने

काठमाडौं । ह्वाट्सएपमा अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै प्रोफाइल फोटो बनाइदिने भएको छ । प्रोफाइल फोटो राख्न नचाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।

परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध भइसकेको छ । सामान्य जेनेरेटिभ एआई मोडलले जसरी यस फिचरले काम गर्ने बताइएको छ ।

 

 

प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने फोटोबारे लेखेको आधारमा नै यसमा फोटो तयार हुन्छ । यसका लागि 'Profile Picture' को सेटिङभित्र प्रम्प्ट लेख्ने ठाउँ पाउन सकिने छ ।

ह्वाट्सएपले यसलाई अवतार शैलीको बनाउन खोजेको पनि अनुमान गरिएको छ । यद्यपि कहिलेदेखि यो फिचर सार्वजनिक रुपमा उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १४:१