close

नेपाल आउँदै रियलमी १२ प्रो प्लस, केके छन् फिचर ?

टेकपाना टेकपाना

जेठ १५, २०८१ १२:३९

नेपाल आउँदै रियलमी १२ प्रो प्लस, केके छन् फिचर ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी १२ प्रो प्लस चाँडै नेपाली बजारमा ल्याउने भएको छ । यो फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रेजोलुसन रहेको छ, जसले प्रयोगकर्तालाई रङ्गिन तथा शार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्नेछ ।

रियलमी १२ प्रो प्लस मा १२० हर्जको रिफ्रेश रेट रहेको छ । फोनको पर्फर्मेन्स तथा स्टोरेजको कुरा गर्ने हो भने क्वालकम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्न सक्छ ।

यो फोनमा १२ जीबीको र्‍यामसँगै ५१२ जीबीको स्टोरेज दिइएको छ । जसलाई आवश्यकता अनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।

क्यामेरा

फोटोग्राफी तथा भिडियो निर्माणमा रुचि राख्नेहरूका लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी रहेको बताइएको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभी ६ ४बी सेन्सर र ओआईएस, स्पष्ट फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक विशेषताहरू यो फोनमा समावेश छन् ।

यसमा रहेका क्यामेराले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचर उपलब्ध गराउनेछ ।

टिकाउ ब्याट्री र सुपर फास्ट चार्जिङ

६७ वाटको सुपरभोक सुपर फास्ट चार्जीङ युक्त ५,००० एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लस थोरै समय चार्ज गरेरै धेरै समयसम्म चलाउन सकिन्छ । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाइप–सी केबल निःशुल्क पाइनेछ।

नेपालमा रियलमी १२ प्रो प्लस को १२ जिबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १२:३९