काठमाडौं । सरकारले एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने भएको छ । मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी दिएका हुन् ।
''आगामी आर्थिक वर्ष रु. एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिनेछ,'' उनले भने । साथै उनले वार्षिक पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याइने बताए ।