close

अनलाइनबाटै भिसा लिन मिल्ने व्यवस्था मिलाउँदै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:५६

अनलाइनबाटै भिसा लिन मिल्ने व्यवस्था मिलाउँदै सरकार

 

काठमाडौं । सरकारले अनलाइनमार्फत ई-भिसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०‍८१/८१ को वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ई-भिसा प्रणालीलाई लागू गर्ने कार्यक्रम ल्याएका हुन् ।

“अध्यागमन प्रणाली डिजिटलाइज गरी अत्याधुनिक बनाइनेछ,” उनले भने, “अनलाइन मार्फत ई-भिसाको लागि आवेदन दिन सक्ने प्रणाली लागू गरिनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:५६