close

इन्डक्सन चुल्हो बनाउन आवश्यक कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तःशुल्क घट्यो

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:१९

इन्डक्सन चुल्हो बनाउन आवश्यक कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तःशुल्क घट्यो

काठमाडौं । सरकारले इन्डक्सन चुल्हो बनाउने उद्योगले आयात गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार र अन्तःशुल्क घटाउने भएको छ । सरकारले बजेट मार्फत छुट, सहुलियत, व्यापार सहजीकरण र लगानी प्रवर्द्धन अन्तर्गत यस्तो नीति लिएको हो ।

मङ्गलबार सङ्घीय संसद्‌क संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल तयारी वस्तुको पैठारीमा लाग्ने महसुलभन्दा कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिइने घोषणा गरे ।

“...इन्डक्सन चुल्हो बनाउने उद्योगको कच्चा पदार्थ आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटाएको छु,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:३३