close

भन्सार कार्यालयमा मेटल डिटेक्टर, एक्सरे र भेहिकल स्क्यानर राखिने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:३६

भन्सार कार्यालयमा मेटल डिटेक्टर, एक्सरे र भेहिकल स्क्यानर राखिने

काठमाडौं । भन्सार कार्यालयलाई मेटल डिटेक्टर, एक्सरे, ब्यागेज स्क्यानर र भेहिकल स्क्यानर लगायतका उपकरण जडान गरी आधुनिक प्रविधियुक्त बनाइने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भन्सार कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइने बताए । 

“नेपाल राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाई एकीकृत प्रणाली मार्फत करदाताको व्यावसायिक  समय र लागत घटाइनेछ,” अर्थमन्त्री पुनले भने, “भन्सार प्रज्ञापन पत्रमा भन्सार अधिकृतको डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याइनेछ ।”
 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:३६