काठमाडौं । रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पार्न सरकारले रोजगार बैंक स्थापना गर्ने भएको छ ।
मङ्गलवार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो याेजना ल्याएका हुन् ।
“श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आवद्ध गरिनेछ,” उनले भने , “श्रम र रोजगारीसम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि श्रमाधान कार्यक्रम सञ्चाजलन गरिने छ ।”