close

४० लाखभन्दा कम मूल्यमा नेपालमा सार्वजनिक हुँदै नयाँ ईभी सिट्रोन ईसी ३, रेञ्ज ३२० किमि

टेकपाना टेकपाना

जेठ १६, २०८१ १२:४४

४० लाखभन्दा कम मूल्यमा नेपालमा सार्वजनिक हुँदै नयाँ ईभी सिट्रोन ईसी ३, रेञ्ज ३२० किमि

काठमाडौं । नेपाली बजारमा सिट्रोनको नयाँ बिजुली गाडी आउने भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले चाँडै नै ईसी थ्री मोडलको कार ल्याउन लागेको हो ।

यसअघि परीक्षणका क्रममा यो गाडी नेपाल भित्रिएको थियो । अब केही दिनमा औपचारिक रुपमा भित्रिन लागेको कम्पनी स्रोतले जानकारी दिएको छ । ३२० किमि रेञ्ज रहेको गाडीमा २९.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ भने ४२.५ किलोवाटको इलेक्ट्रिक मोटर पावर छ ।

गाडीको अधिकतम गति प्रति घण्टा १०७ किलोमिटर हुने र ६.८ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति पकड्ने बताइएको छ । यसमा ३१५ लिटरको बुट स्पेस रहेको छ ।

गाडीमा सीसीएसटू स्ट्यान्डर्डको चार्जिङ टाइप रहेको छ । गाडीलाई १५ एम्पियरको चार्जरबाट १०-१०० प्रतिशत चार्ज पुर्‍याउन करिब साढे १० घण्टा लाग्ने बताइएको छ । यसका साथै डीसी फास्ट चार्जरमा १०-८० प्रतिशत चार्ज पुर्‍याउन जम्मा ५७ मिनेट लाग्ने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा पोलार ह्वाइट, प्लाटिनम ग्रे, कस्मो ब्लु र स्टिल ग्रे गरी चार रङमा यो गाडी उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले ब्याट्रीमा सात वर्ष र एक लाख ४० हजार किलोमिटर, इलेक्ट्रिक मोटरमा पाँच वर्ष र एक लाख किलोमिटर र गाडीमा तीन वर्ष र एक लाख २५ हजार किलोमिटरमा वारेन्टी पाउने बताइएको छ ।

यस गाडीको मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने जनाइएको छ ।


 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १२:४४