close

आफ्नै एआई टुल ल्याउन एलन मस्कले उठाए ९ खर्ब, साउदी अरेबियाका राजकुमारको समेत लगानी

टेकपाना टेकपाना

जेठ १६, २०८१ १५:५५

आफ्नै एआई टुल ल्याउन एलन मस्कले उठाए ९ खर्ब, साउदी अरेबियाका राजकुमारको समेत लगानी

काठमाडौं । एलन मस्कको कम्पनी एक्सएआईले ओपनएआई लगायत अन्य एआई कम्पनीसँग प्रतिस्पर्धी गर्न छ अर्ब डलर (करिब पाैने नाै खर्ब रूपैयाँ) उठाएको छ । गत वर्ष स्थापना भएको कम्पनीले आफ्नो पहिलो प्रोडक्ट बजारमा ल्याउन हालै मात्र सो रकम उठाएको हो ।

एक्सएआईको वेबसाइटमा राखिएको जानकारी अनुसार सो रकम एड्भान्स डिभाइस निर्माण गर्न र प्रविधिमाथि अनुसन्धान र विकासको गति दिन सो रकम खर्च हुनेछ ।

यस पटक एन्ड्रिसेन होरोविट्ज, सेक्विया क्यापिटल जस्ता कम्पनी र साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलाल सहितले एक्सएआईमा लगानी गरेको बताइएको छ ।

यो लगानी जुटाउनुअघि मस्कले आफ्नो कम्पनीको मूल्याङ्कन १८ अर्ब डलर बढी भएको बताएका थिए । त्यस्तै २०२५ भित्र नयाँ डेटा सेन्टर बनाउने भनेर आफ्ना लगानीकर्ताहरूलाई बताएका थिए । साथै अब एक्सआईको मूल्याङ्कन २४ बिलियन डलर भएको छ ।

अहिलेको दिनमा एक्सएआईको उत्पादनका रूपमा ग्रोक रहेको छ । जुन मस्कले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न नै ल्याएका थिए । अहिले यो एआई टुल एक्सका प्रिमियम सब्सक्राइबरहरूलाई उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १५:५५