close

टी-२० विश्वकपको अवसरमा टिभीमा ४०% सम्मको छुट दिंदै एलजी, यस्तो छ मूल्य सूची

टेकपाना टेकपाना

जेठ १७, २०८१ १३:५८

टी-२० विश्वकपको अवसरमा टिभीमा ४०% सम्मको छुट दिंदै एलजी, यस्तो छ मूल्य सूची

काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा नेपाली उपभोक्ताका लागि एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई क्याशब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु. एक लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ ।

साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ । कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर यूएचडी, यूएचडी र स्मार्ट क्याटेगरीमा नेपाली बजारमा उपलब्ध छन् ।

एलजीका क्युनेड टिभी, यूक्यु र यूआर सिरिज अन्तर्गतका यूएचडी टिभीहरुमा तीन वर्षको फुल वारेन्टी रहेको छ । त्यस्तै कुनै पनि एलजी टिभीको खरिदमा एक लाख रुपैयाँको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ ।  

ग्राहकले यो बीमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्ने बताइएको छ । साथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्टलेसन र फ्री डेलिभरी सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो योजना जेठ १७ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । नेपालमा एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

यस्तो छ मूल्य सूची

टिभी

मोडेल

आकार (इन्च)

मूल्य रु.

छुटपछिको मूल्य रु.

LG SUPER UHD TV

86SJ9567T

86"

10,83,990

6,49,990

LG UHD AI ThinQ

76UR8050

86"

3,32,190

4,19,990

LG OLD evo

C3

83"

13,84,690

11,27,690

LG OLED evo

C3

77"

11,79,490

9,60,690

LG OLED evo

C3

65"

5,25,590

4,28,090

LG OLED evo

C2

55"

3,29,790

2,68,590

LG QNED

65QNED80

75"

4,80,790

3,91,590

LG QNED

75QNED75

75"

3,52,590

2,79,990

LG QNED

65QNED80

65"

2,94,890

2,40,190

LG QNED

55QNED80

55"

1,92,390

1,56,690

LG UHD AI ThinQ

75UR7550

75"

3,20,490

2,49,990

LG UHD AI ThinQ

65UQ8050

65"

1,71,790

1,39,990

LG UHD AI ThinQ

65UQ7550

65"

1,64,090

1,29,390

LG UHD AI ThinQ

55UR8050

55"

1,21,790

98,090

LG UHD AI ThinQ

55UR7550

55"

1,14,190

91,990

LG UHD AI ThinQ

50UR7550

50"

1,03,890

83,690

LG UHD AI ThinQ

43UR7550

43"

81,990

66,090

LG SMART TV AI ThinQ

32LQ63B

32"

38,190

30,790

 

पछिल्लो अध्यावधिक: जेठ १७, २०८१ १६:१९