close

नेपाली ब्राण्ड एमडब्लूसीका ३ नयाँ हेडफोन सार्वजनिक हुँदै, लन्च अफरमा भारी छुट घोषणा

टेकपाना टेकपाना

जेठ १७, २०८१ १९:४६

नेपाली ब्राण्ड एमडब्लूसीका ३ नयाँ हेडफोन सार्वजनिक हुँदै, लन्च अफरमा भारी छुट घोषणा

काठमाडौं । नेपाली ब्रान्ड एमडब्लूसी माेबाइल वर्ल्ड क्यापिटलले बजारमा तीन नयाँ हेडफोन ल्याउने भएकाे छ । कम्पनीले यही २० जेठमा सामान्यदेखि गेमिङ हेडफोन उपभोक्तामाझ ल्याउन लागेकाे हाे । यसअन्तर्गत गेमिङ हेडसेट एमएजजी २९ (MHG29) , फिरो (Firo MH01B), बिस्ट प्रो एएनसी (Beast Pro ANC) रहेका छन् ।  

गेमिङ हेडसेट एमएजजी २९

यो हेडफोन हेर्दा नै गेमरका लागि लक्षित गरी बनेकाे देखिन्छ । यो स्टेरियो हेडफोनमा ५० एमएमको ड्राइभर, हाइपर क्लिन माइक, नोइज क्यान्सिलेसन जस्ता फिचर छन् । यसमा अटो एड्जस्टिङ फ्रेम, नोइज रिडक्सन माइक्रो फोन लगायतका सुविधा पनि छन् । 

कलर लाइटिङले गर्दा हेडफोनकाे लुक्स अझ राम्रो देखाएको महसुस हुन्छ । बजारमा यसको मूल्य तीन हजार ९९९ रुपैयाँ कायम गरिएको छ । सार्वजनिक गर्दा पहिलो ५० ग्राहकले ४० प्रतिशत छुट पाउने भएकाले दुई हजार ३०० रुपैँयामा खरिद गर्ने अवसर छ ।

त्यसैगरी बाँकी ग्राहकले भने ३० प्रतिशत छुट सहित दुई हजार ७०० रुपैयाँ तिरेर यो हेडफोन खरिद गर्न सक्नेछन् ।

फिरो

कम्पनीले सार्वजनिक गर्ने अर्को हेडफोन हो, वायरलेस स्टेरियो फिरो । हेर्दा आकर्षक देखिने यो हेडफोनमा ब्लुटुथ भर्सन ५.४ र ४० एमएमको ड्राइभर रहेको छ । राम्रो बेस साउन्ड भएको यो हेडफोन फोल्डेबल भएकाले पोर्टेबल पनि छ ।

यी बाहेक यसमा एसडी पोर्ट, ३.५ एमए ज्याक, टाइप-सी पोर्ट, इन्डिकेटर लाइट दिइएको छ । ब्याट्री क्षमता ३०० एमएएचको पाउन सकिन्छ, जुन दुई घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । साथै बक्समा ५ भोल्टभन्दा बढीको चार्जरले चार्ज नगर्न भनिएको छ । 

यसमा ट्रान्समिसन डिस्ट्यान्ट भने १० मिटरसम्मको रहेको छ । यो हेडफोनको मूल्य नेपाली बजारमा चार हजार ४९९ तोकिएको छ । तर लन्च भएकाे अवसरमा कम्पनीले पहिलो ५० ग्राहकले ४० प्रतिशत छुटमा दुई हजार ६०० रुपैयाँमा किन्न सक्नेछन् । बाँकी ग्राहकले भने ३० प्रतिशत छुटमा तीन हजार १९९ रुपैयाँ खर्चेर किन्न सक्छन् । 

बिस्ट प्रो एएनसी

सुरुमै उल्लेख गरौं, यो वायरलेस हेडफोनको बजार मूल्य सात हजार ९९९ रुपैयाँ रहेको छ । यद्यपि लञ्च अफरमा पहिलो ५० ग्राहकले ४० प्रतिशत छुटसहित चार हजार ७९९ रुपैयाँमा र त्यसपछिका ग्राहकले ३० प्रतिशत छुटमा पाँच हजार ५९९ रुपैँयामा हेडफोन किन्न सक्नेछन् । 

डिजाइनको सन्दर्भमा यो हेडफोन प्रिमियम नै देखिन्छ भने लगाउँदा पनि सहज नै महसुस हुन्छ । एएचसीयुक्त यो हेडफोनमा ब्लुटुथ भर्सन ५.४, गुणस्तरीय आवाज तथा ४० एमएमको ड्राइभर पाउन सकिन्छ । 

यो हेडफोन पनि सजिलैसँग फोल्ड गर्न सकिन्छ । साथै यसमा एएनसी अफ गर्ने सुविधा पनि छ । कम्पनीका अनुसार यसमा २० घण्टाको म्युजिक प्ले टाइम र २०० घण्टाको स्ट्यान्डबाइ टाइम पाउन सकिन्छ । 

त्यस्तै यसमा ३०० एमएएच क्षमताको ब्याट्री छ, जसलाई टाइप-सी चार्जरले चार्ज गर्न सकिन्छ । यसको ट्रान्समिसन डिस्ट्यान्ट १० मिटर रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८१ १९:५८