close

शिक्षा मन्त्री सुमनाले राखिन् गिटहबमा नयाँ कोड, सल्लाह सुझाव दिन आह्वान

टेकपाना टेकपाना

जेठ १८, २०८१ ११:१४

शिक्षा मन्त्री सुमनाले राखिन् गिटहबमा नयाँ कोड, सल्लाह सुझाव दिन आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गिटहबमा पुन: अर्को कोड राखेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै मन्त्री श्रेष्ठले गिटहबमा 'स्कुल म्यापिङ प्रोब्लम स्टेटमेन्ट' नामक एक नयाँ इन्कुबेटर रिपो राखेको जानकारी दिएकी हुन् । 

यसले शिक्षक-विद्यार्थीबीचको अनुपात मिलाउन तथा कुन विद्यालयमा अवस्था कस्तो छ भनेर नक्साङ्कन गर्न सहयोग गर्ने उनको भनाइ छ । यसमा ब्रुट फोर्स मेथोडबाट समस्या राखिएको छ ।

जसमध्ये एउटा सोर्समा २९ हजार लाइन आइटम भएको एउटा डेटाबेस र अर्कोमा ४५ हजार लाइन आइटम भएको (अङ्ग्रेजी र नेपाली) डेटाबेस रहेको छ । तिनलाई मिलाउन कोडिङ समाधान निकाल्नु पर्ने हुन्छ ।

यसका लागि उनले कोडरहरूलाई सहयोगका लागि अनुरोध समेत गरेकी छिन् । यसमा कोडरहरूले समस्यामाथि छलफल गर्न, समाधानको प्रोटोटाइप बनाउन सक्नेछन् । 

त्यस्तै यसअघि गिटहबमा नै राखिएको सेन्टर र्‍यान्डमाइज परियोजनामा सहयोग गरेकोमा कोडरहरूलाई धन्यवाद दिएकी छन् । उनका अनुसार उक्त कोडमा ३५५ फोर्क्स र ६५ फुल रिक्वेस्ट आएको छ । साथै १८ जना कन्ट्रिब्युटरहरूको सल्लाह सुझाव कोडबेसमा मर्ज गरिएको उनले जनाएकी छिन् । उक्त कोडको युआईमा सुधार गरिएको तथा कोड पहिलेकोभन्दा अझ व्यवस्थित र गुणस्तरीय बनाइएको पनि बताएकी छिन् ।

गिटहबमा राखिएको नयाँ कोड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८१ ११:२७