close

काठमाडौंका यी ठाउँमा आज ६ घण्टासम्म बिजुली नआउने

टेकपाना टेकपाना

जेठ २६, २०८१ १०:३७

काठमाडौंका यी ठाउँमा आज ६ घण्टासम्म बिजुली नआउने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुन लागेकाे हो ।

मौसम प्रतिकूल रहेको अवस्थामा भने विद्युत आपूर्ति बन्द नहुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८१ १०:४२