काठमाडौं । डिजिटल वालेट खल्ती र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागि साझेदारी भएको छ । यस साझेदारीसँगै अब स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्ने भएका छन् ।
ग्राहकले स्ट्यान्डर्ड चार्टर्ड बैंकको एप ‘एससी मोबाइल नेपाल’ प्रयोग गरी खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । यसपछि आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिने जनाइएको छ ।
ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी , इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको एप प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ :
१) बैंकिङ एपभित्र जानुहोस्
२) माथिल्लो भागको बायाँ कुनामा रहेको तीन धर्कामा ट्याप गर्नुहोस्