close

अब एआईले नै मुटु सम्बन्धी रोगको पहिचान गर्ने वैज्ञानिकको दाबी

टेकपाना टेकपाना

जेठ २७, २०८१ १६:४०

अब एआईले नै मुटु सम्बन्धी रोगको पहिचान गर्ने वैज्ञानिकको दाबी

काठमाडौं । हृदयघातको जोखिम पहिचान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न सकिने वैज्ञानिकहरूले जनाएका छन् । बेलायतस्थित युनिभर्सिटी अफ लीड्सका अनुसन्धानकर्ताले हृदयघातको जोखिममा रहेका बिरामीहरू पहिचान गर्न एआई प्रयोग गर्न सकिने सुझाएका हुन् ।

उनीहरूले दुर्घटनाअघि नै मुटसम्बन्धी रोग पहिचान गर्न ‘फाइन्ड एचएफ’ नामक एल्गोरिदम समेत तयार पारेका छन् । वैज्ञानिकहरूले सो एआई एल्गोरिदमलाई तालिम दिन पाँच लाख ६५ हजार बढी बेलायती वयस्क र ताइवान नेसनल युनिभर्सिटी अस्पतालका एक लाख छ हजार बिरामीको डेटाबेस प्रयोग गरेका थिए । सो एल्गोरिदमले हृयदघातका कारण पाँच वर्ष पछाडि अस्पताल भर्ना हुने बिरामीमा लक्षणहरू पहिल्यै थाहा पाउन सफल भएको थियो । 

हृदयघातका लाखौं बिरामीहरूको स्वास्थ्य रेकर्डको सहायताबाट वैज्ञानिकहरूले सो एल्गोरिदमको विकास गरेका हुन् । जसको सहायताबाट केही वर्षअगाडि नै रोग थाहा पाउन सकिने वैज्ञानिकहरूको दाबी छ । 

सामान्यतया: मुटुले काम गर्न नसकेर आवश्यक पर्ने रगत शरीरका सबै अङ्गमा पुर्‍याउन नसक्ने अवस्थालाई हृदयघात भनिन्छ, जुन क्रमशः बढ्दो क्रममा छ ।

अब यस एल्गोरिदमलाई अझ परिष्कृत बनाएर पूर्वसूचना दिन सक्ने बनाउने वैज्ञानिकहरूले बताएका छन् । जसलाई अस्पतालमा कार्यरत डाक्टरले प्रयोग गर्न सक्ने र स्वास्थ्य जाँचका लागि आउने व्यक्तिमाथि प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ १६:४१