काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवा आफ्नो वेबसाइटमार्फत उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले दुई दर्जनभन्दा बढी सेवालाई वेबसाइटमार्फत प्रदान गर्न थालेकाे हाे ।
यसअन्तर्गत क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, ईकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुअर आदि सेवाहरू बैंकको वेबसाइटबाटै पाइने छ ।
ग्राहकहरूले बैंकको वेबसाइटमा रहेकाको “डिजिटल युनिभर्स” मा गई वा मा सिधै यहाँ क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकूलमा प्रयोग गर्न सक्नेछन् । बैंकले केही दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेका छन् ।
पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नवीनतम् बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजिटल युनिभर्स सार्वजनिक गरिएको बैंकले जनाएकाे छ ।