close

सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १२:२९

सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी

 

काठमाडौं । कोड फर चेन्ज नामक संस्थाले शनिवार थापाथली इन्जिनियरिङ क्याम्पसमा आईटी मेला २०८१ आयोजना गर्ने भएको छ । आईटी पढ्न इच्छुक र अध्ययनरत  विद्यार्थीहरूलाई अवसर दिन आईटी मेला आयोजना गर्न लागेको कोड फर चेन्जले जनाएको छ ।

यो कार्यक्रम माध्यमिक तह (प्लस टु) सकेका तथा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई केन्द्रित गर्दै आयोजना हुन लागेको हो ।

कार्यक्रममा आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति तथा भर्नामा छुट, वर्कशप तथा सेसन, नेटवर्किङ लगायतको फाइदा मिल्ने बताइएकाे छ । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नशिप तथा जागिर पाउन सक्ने, परियोजना प्रदर्शनी गर्ने, करियर काउन्सिलिङ लगायतमा अवसर पाउन सक्नेछन् ।  

इच्छुक विद्यार्थी कार्यक्रममा नि:शुल्क सहभागी हुन सक्नेछन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १२:२९