हारे पनि बहादुरीपूर्ण खेल देखाएको भन्दै सामाजिक सञ्जालमा नेपाली क्रिकेट टिमको प्रशंसा
असार १, २०८१ १६:१५
काठमाडौं । टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज आफ्नो महत्त्वपूर्ण खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरे पनि सामाजिक सञ्जालमा नेपाली टोलीको प्रशंसा भइरहेको छ । विश्वकप उपाधिकै प्रबल दाबेदारमध्ये एक रहेको टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले हार्न पुगेको थियो ।
योसँगै सुपर ८ मा पुग्ने तथा टी-२० विश्वकप २०२६ मा सिधै छनोट हुने अवसर नेपालले गुमाएको छ । तर नेपालले बहादुरीपूर्ण खेल देखाएको भन्दै विश्वभरबाट चर्चा भइरहेको छ । अहिले फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालको खेलसम्बन्धी पाेस्टले भरिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालले गर्व गर्न लायक प्रदर्शन गरेकाे भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई मेन्सन गरी शिर उँचो बनाउन हाैसला दिएकाे छ । साथै खेल दक्षिण अफ्रिकाले जिते पनि मन नेपालले जितेको भन्दै तारिफ गरेकाे छ ।
भारतीय प्रिमियर लिग (आईपीएल)को चर्चित क्रिकेट क्लब चेन्नई सुपर किंग्स (सीएसके)ले समर्थक, खेल र रात अविश्वसनीय भएको बताउँदै नेपालले मुटु जितेको लेखेको छ ।
Unreal fans support! 🥳
— Chennai Super Kings (@ChennaiIPL) June 15, 2024
Unreal game of 🏏
Unreal night! 🇳🇵
Nepal, you have won all our hearts! 🫶🏼💛#T20WorldCup #SAvNEP pic.twitter.com/krUDDOzxxX
त्यस्तै अर्को क्लब दिल्ली क्यापिटल्सले नेपाली टिमप्रति गर्व छ भनेर लेखेको छ ।
Proud of you, Team Nepal 👏🏻 pic.twitter.com/245GXR3q7T
— Delhi Capitals (@DelhiCapitals) June 15, 2024
साथै मुम्बाई इन्डियन्सले नेपालले राम्रो खेलेको भन्दै आफ्ना प्रशंसकहरूलाई नेपालले गर्व र मनोरञ्जन दिएको बताएको छ ।
So close. Almost there. You made your fans proud and entertained them. Well fought, @CricketNep 🇳🇵#MumbaiMeriJaan #MumbaiIndians #T20WorldCup pic.twitter.com/LUss7dveLr
— Mumbai Indians (@mipaltan) June 15, 2024
राजस्थान रोयल्सले नेपालको खेललाई संसारले पूर्ण रूपमा गर्व गर्ने लेखेकाे छ ।
The world is absolutely proud of the fight, @CricketNep 🇳🇵👏🏻 pic.twitter.com/5Da3giRQeT
— Rajasthan Royals (@rajasthanroyals) June 15, 2024
क्रिकेटसम्बन्धी समाचार सम्प्रेषण गर्ने ईएसपीएन क्रिकइन्फोले नेपालका लागि गर्व गर्न लायक प्रदर्शन भनेर उल्लेख गरेको छ ।
A performance to be proud of for Nepal 🇳🇵 https://t.co/a2XtRqRDR5 #SAvNEP #T20WorldCup pic.twitter.com/U3yEpfSedL
— ESPNcricinfo (@ESPNcricinfo) June 15, 2024
भारतीय क्रिकेट कमेन्टेटर र पूर्वक्रिकेटर सञ्जय मांजरेकरले नेपाल अबको १० वर्षमा हेर्ने टिम हुने जनाएका छन् ।
Nepal is the team to watch in the next 10 years!
— Sanjay Manjrekar (@sanjaymanjrekar) June 15, 2024
अर्का भारतीय क्रिकेट कमेन्टेटर तथा पत्रकार हर्ष भोगलेले नेपाली खेलको प्रशंसा गर्दै शिर उँचाे राख्न आग्रह गरेका छन् । यसका साथै उनले नेपालसँग सबैभन्दा भावुक प्रशंसक भएको र तिनले विश्वास गर्ने बताएका छन् । उनले अब ठूला दिन चाँडै आउने पनि उल्लेख गरेका छन् ।
Hold your heads high Nepal. That was South Africa you almost took down today. You have some of the most passionate fans and you let them believe. Hopefully bigger days are round the corner.
— Harsha Bhogle (@bhogleharsha) June 15, 2024
वेल्श क्रिकेट कमेन्टेटर एलन विल्किन्सले यस खेलबाट विश्व क्रिकेटमा नेपालले आफ्नो प्रतिष्ठा बढाएको उल्लेख गरेका छन् ।
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर तथा कमेन्टेटर डेल स्टेन र आईसीसी डिजिटल इनसाइडर एलेक्स जोर्डनले नेपालकाे खेललाई ‘द म्याच अफ द टुर्नामेन्ट’ भनेर सम्बाेधन गरेका छन् ।
A wonderful game of cricket!
— Alan Wilkins (@alanwilkins22) June 15, 2024
A night that belonged to Nepal @CricketNep as they fell just short of their Cricketing Everest v South Africa.@T20WorldCup
SA won by one run.
Nepal have enhanced their reputation in the World of Cricket.
विशेषत: धेरैले खेलको तारिफ गर्दै नेपाललाई ढाडस दिइरहेका छन् । सामाजिक सञ्जालमा नेपाली क्रिकेट फ्यानले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् । केहीले राम्रो खेल्दा खेल्दै नतिजा सुम्पिनु परेकोमा दुःख व्यक्त गरेका छन् भने केहीले मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर नखेलेको भन्दै आलोचना गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार १, २०८१ १७:०
