close

ओपनएआई छोडेका वैज्ञानिकले खोले आफ्नै एआई कम्पनी, सुरक्षामा ध्यान दिने दाबी

टेकपाना टेकपाना

असार ७, २०८१ १३:८

ओपनएआई छोडेका वैज्ञानिकले खोले आफ्नै एआई कम्पनी, सुरक्षामा ध्यान दिने दाबी

काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईका पूर्व सह-संस्थापक तथा प्रमुख वैज्ञानिक इल्या सुत्स्केभरले आफ्नै कम्पनी खोलेका छन् । सुरक्षालाई ध्यान दिँदै उनले सेफ सुपर इन्टेलिजेन्स इन्क (एसएसआई) नामकाे नयाँ कम्पनी खोलेका हुन् ।

याे कम्पनीलाई सुत्स्केभरले एउटा प्रोडक्ट बनाउने एक मात्र लक्ष्य रहेको स्टार्टअप भनेका छन् । यस कम्पनीमा सुरक्षा र विकास एकसाथ हुने उनको भनाइ छ । त्यस्तै कम्पनी व्यावसायिक दबाबबाट अलग हुने उनले घोषणा गरेका छन् । 

एसएसआईमा ड्यानियल ग्रोस पनि सह-संस्थापकको भूमिकामा जोडिएका छन् । ड्यानियल पनि ओपनओआईका पूर्व प्राविधिक हुन् । यसका साथै एप्पल र ड्यानियल लेभीमा उनले एआई वैज्ञानिकका रूपमा काम गरेका थिए । 

केही समयअघि मात्र ओपनएआई छाडेका सुत्स्केभरले गत वर्ष कम्पनीबाट साम अल्ट्म्यानलाई हटाउन भूमिका खेलेको मानिन्छ । विशेष गरेर एआईमा नाफाको स्वार्थ मिसिनु हुन्न भन्ने पक्षमा उनले वकालत गर्दै आएका छन् । यसर्थ उनको यो कम्पनीलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १३:१५