close

शिक्षकलाई उपयोगी ५ एआई टुल

टेकपाना टेकपाना

असार ८, २०८१ १६:४९

शिक्षकलाई उपयोगी ५ एआई टुल

काठमाडौं । विद्यार्थीसँग घुलमिल हुनेदेखि पढाउने तरिकासम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रभाव पारेको छ । इन्टरनेट तथा ल्यापटप/कम्प्युटरको पहुँचले सो प्रभावलाई फलदायी बनाउन भूमिका खेलेको छ ।

नेपालमा पनि शिक्षण क्षेत्रमा एआई प्रयोग हुन थालेकाे छ । चाहे त्यो शिक्षण संस्थाको कार्यसम्पादनलाई सहज बनाउन होस् वा शिक्षण तयारी गर्न हाेस् वा विद्यार्थीलाई सिकाउन होस् ।

यसै सन्दर्भमा आज हामी शिक्षक/शिक्षिकालाई उपयोगी हुने एआई टुलबारे चर्चा गर्दैछौं:

१. ब्रिस्क टिचिङ (Brisk Teaching)

शिक्षकहरूका लागि ब्रिस्क टिचिङले एआई एकीकृत गरिएको क्रोम एक्सटेन्सन उपलब्ध गराएको छ । जसलाई पाठ्यक्रम बनाउन, प्रतिक्रिया दिन, विद्यार्थी लेखनको मूल्याङ्कन गर्न, अनुवाद गर्न लगायतमा प्रयोग गर्न सकिन्छ ।

गुगल डक्स, स्लाइड जस्ता एप्लिकेसन चलाउँदै पनि याे एआई टुल प्रयाे गर्न सकिन्छ । जसले गर्दा शिक्षकलाई प्रेजेन्टेसन बनाउन, क्विज बनाउन, लेसन प्लान तयार पार्न सहयोग मिल्छ । टुल चलाउन यहाँ क्लिक गर्नुहोस् ।  

२. डिफिट (Diffit)

शिक्षकहरूलाई छिटो र सजिलैसँग शैक्षिक सामग्रीहरू तयार पार्न डिफिट निकै उपयोगी प्लेटफर्म हुन सक्छ । यसबाट बनाएका सामग्रीलाई कक्षाकोठामा पनि प्रयोग गर्न सकिन्छ । जसले विद्यार्थीको पढ्ने/सिक्ने क्षमता बढाउन सक्छ ।

यसमा शैक्षक सामग्री बनाउन पनि सजिलो छ । शिक्षकले सम्बन्धित विषयवस्तु राखेर आफूलाई चाहेजस्तो पाठ तयार पार्न सक्छन्  । टुल चलाउन यहाँ क्लिक गर्नुहोस् । 

३. क्युरिपड (Curipod) 

यस टुलबाट शिक्षकले केही बेरमा नै आकर्षक पाठ तयार पार्न सक्छन् । यसबाट कुनै पनि विषयमा टेक्स्ट, इमेज, पोल आदि भएको कक्षा कोठामा अन्तरक्रिया गराउने स्लाइड बनाउन सकिन्छ ।

शिक्षक-शिक्षिकाले कक्षाकोठा छिर्नुअघि तथा कक्षाकोठामा नै पढाउने गरी यो टुललाई प्रयोग गर्न सक्छन् । टुल चलाउन यहाँ क्लिक गर्नुहोस् । 

४. कन्सेन्सस् (Consensus) 

यो एक प्रकारको एकेडेमिक सर्च इन्जिन हो । यसमा तपाईंले विभिन्न अध्ययन/अनुसन्धान तथा जर्नलबाट प्राप्त नतिजामात्र फेला पार्न सक्नुहुन्छ ।

यसले गर्दा पढाउँदा अलमल भएका केही विषयबारे आधिकारिक रूपमा स्पष्ट हुन सक्छ । तपाईंले साईस्पेस, एकेडेमिया एडु जस्ता ब्राउजर समेत प्रयोग गर्न सक्नुहुन्छ । टुल चलाउन यहाँ क्लिक गर्नुहोस् ।

५. आइडियोग्राम (Ideogram)

अन्य टुल जस्तै आइडियोग्राम शैक्षिक टुल भने होइन । तर यदि तपाईंको कक्षामा धेरै प्रेजेन्टेसन बनाउनु पर्छ भने यो टुल उपयोगी हुन सक्छ । यो टेक्स्ट टू इमेज टुल हो । कतिपय विचारलाई भिजुअल बनाएर विद्यार्थीलाई देखाउँदा उनीहरूले मजाले बुझ्छन् ।

यसमा तपाईंले टेक्स्ट पनि राख्न सक्नु हुने भएकाले केही बेरमा आफूले चाहे जस्तो डिजाइन बनाउन सक्नुहुन्छ । तपाईंले माइक्रोसफ्टको डिजाइनर, एडोबीको फायरफ्लाइ, क्यानभा आदि, लियोनार्डो एआई समेत प्रयोग गर्न सक्नुहुन्छ । आइडियोग्रामका लागि यहाँ क्लिक गर्नुहोस् । 

यी बाहेक पनि शिक्षकलाई उपयोगी अन्य विभिन्न एआई टुल छन् । यस मानेमा विशेषतः च्याटजीपीटी, कोपाइलट, जेमिनाई जस्ता एड्भान्स एआई टुलले अन्य  अधिकांश ​टुलका काम गर्न सक्छन् । त्यस्तै तपाईंले ग्रामर्ली, स्लाइड्सगो, यिपीटी, गुगल लेन्स लगायतका टुल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ८, २०८१ २२:१५