close

अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव अर्यालसहित १२ विरुद्ध मुद्दा

टेकपाना टेकपाना

असार ९, २०८१ १६:३३

अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव अर्यालसहित १२ विरुद्ध मुद्दा

काठमाडौं । अन्तःशुल्क स्टिकरकाे खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका डा. अर्यालसहित ११ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले टेकपानालाई जानकारी दिए ।

अख्तियारले दर्ता गरेको अभियोगपत्रमा मुख्यसचिव डा. अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्स सेल्स प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मालाई प्रतिवादी बनाइएकाे छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८१ १६:४८