close

एसईई परीक्षाफल भोलि बिहान प्रकाशित हुने

टेकपाना टेकपाना

असार १२, २०८१ १६:६

एसईई परीक्षाफल भोलि बिहान प्रकाशित हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीवार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बुधवार बसेको बोर्ड बैठकले बिहीवार बिहान नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

बुधवार परीक्षाफल प्रकाशित गर्ने तयारी भएपनि प्राविधिक परीक्षण सफल नभएकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएकाे बोर्डका एक अधिकारीले जानकारी दिए । 

यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकले एसईई नतिजा उपलब्ध गराउनेछन् । आईभीआर सेवा भने नेपाल टेलिकमले मात्र उपलब्ध गराउने छ ।

एसएमएसमार्फत नतिजा हेर्ने तरिका 

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् । 

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् । 

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

 

आईभीआर सेवाबाट नतिजा हेर्ने तरिका

नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

वेबसाइटबाट नतिजा थाहा पाउने तरिका

परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ । 

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-नेपाल टेलिकमबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-एनसेल एप तथा डिजिटल वालेट खल्तीकाे एपबाट पनि नतिजा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १३:२७