close

३०० किलोमिटर रेन्ज दिने ११ सिटे विद्युतीय भ्यान नेपाली बजारमा, मूल्य साढे ४५ लाख

टेकपाना टेकपाना

असार १२, २०८१ १८:३५

३०० किलोमिटर रेन्ज दिने ११ सिटे विद्युतीय भ्यान नेपाली बजारमा, मूल्य साढे ४५ लाख

काठमाडौं । नेपाली बजारमा ‘सोकन ईसी ३६’ मोडेलकाे विद्युतीय भ्यान (Sokon EC 36) सार्वजनिक भएको छ । नेपालका लागि साेकनकाे आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले मङ्गलबार याे भ्यान सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार यसमा ६० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिनक्रोनस मोटर राखिएको छ, जसले २०० एनएमसम्म टर्क प्रदान गर्न सक्छ । ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको भ्यानले एक पटकको चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको लम्बाइ ४५०० एमएम, चौडाइ १६८० एमएम र उचाइ २००० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको बताइएको छ ।

११ ओटा सिट भएको यो विद्युतीय भ्यानले बढीमा १०० किलोमिटर प्रति घण्टाको स्पिड पकड्ने कम्पनीले जनाएको छ । सुरक्षाका सन्दर्भमा यसमा ईबीडी सहितको अटोमेटिङ ब्रेकिङ सिस्टम, रिभर्स र्‍याडर तथा क्यामेरा, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र सेन्ट्रल जस्ता सुविधा छन् । त्यसबाहेक यसमा टच स्क्रिन मल्टिमिडिया इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ । 

नेपाली बजारमा यो विद्युतीय भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १३:२०