close

विद्युतीय हवाइजहाजका लागि सीएटीएलकाे नयाँ ब्याट्री प्रविधि, ३००० किमि रेन्ज दिने

टेकपाना टेकपाना

असार १३, २०८१ १२:३७

विद्युतीय हवाइजहाजका लागि सीएटीएलकाे नयाँ ब्याट्री प्रविधि, ३००० किमि रेन्ज दिने

काठमाडौं । चिनियाँ ब्याट्री निर्माता सीएटीएलले व्यावसायिक विद्युतीय हवाइजहाजका लागि नयाँ ब्याट्री प्रविधि बनाउने भएको छ । सन् २०२८ सम्ममा कम्पनीले विमानमा प्रयोग हुनेगरी ब्याट्री बनाउन लागेकाे हो ।

यसका लागि सीएटीएलले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (सीओएमएसी) सँग काम गरिरहेको छ । आठ टन तौल क्षमता हुने जहाजले ३००० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसअघि नै चार टन तौल भएको विद्युतीय जहाजको सफलतापूर्वक परीक्षण गरिएको थियो, जसमा सीएटीएलकै अल्ट्रा हाई इनर्जी डेन्सिटी ब्याट्री राखिएको थियो ।

साथै केही समयअघि सम्पन्न साङ्घाई अटो शोमा सीएटीएलले सिङ्गल सेलमा ५०० वाट आवर्स पर किलोग्राम इनर्जी डेन्सिटी भएको शक्तिशाली ब्याट्री प्रदर्शन गरेको थियो । जुन ईभीमा प्रयोग हुने सामान्य ब्याट्रीभन्दा दुई गुणा शक्तिशाली भएको बताइएको छ । 

हाल ईभी ब्याट्रीको बजारमा सीएटीएलले ३७ प्रतिशत हिस्सा ओगटेको बताइन्छ । ​टेस्ला, बीएमडब्लू, मर्सिडिज बेन्ज, फक्सवागन लगायतका ब्रान्डले सीएटीएलकै ब्याट्री प्रयाेग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १३:१४