काठमाडौं । यस वर्षदेखि केही एन्ड्रोइड र आईफोनहरूमा ह्वाट्सएप नचल्ने भएको छ । जसमा यो सूचीमा सामसङ, मोटोरोला, ह्वावे, सोनी, एलजी मात्र नभएर एप्पलका मोडेल समेत समावेश छन् ।
ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप हो । मातृ कम्पनी मेटाले निरन्तर रूपमा यो एपमा सुधार ल्याउँदै आएको छ र यसको क्षमता विस्तार गर्दै नयाँ नयाँ फिचर समेत थप गरिरहेको छ ।
यो एप एन्ड्रोइड र आईओएस स्मार्टफोनमा मात्रै नभएर वैकल्पिक अपरेटिङ सिस्टममा सञ्चालित केही फिचर फोनमा समेत प्रयोग गर्न मिल्छ । कम्पनीले विभिन्न प्रकारका डिभाइसमा चल्नेगरी एप उपलब्ध गराउँदै आएको भए पनि यो वर्षदेखि भने केही फोनहरूमा चल्न छोड्ने भएको हो ।
३५ मोडेलका मोबाइलमा चल्ने छैन ह्वाट्सएप
क्यानलटेक नामक वेबसाइटमा प्रकाशित एक रिपोर्ट अनुसार पुराना भर्सनका गुगल र एप्पल अपरेटिङ सिस्टममा सञ्चालित ३५ मोडेलका मोबाइल फोनमा त ह्वाट्सएपले अपडेट पठाउन बन्द गरेको छ ।
त्यस्ता फोनहरूको सूची तल उल्लेख गरिएको छ । ताकि तपाईंलाई आफूले प्रयोग गरिरहेको फोनमा ह्वाट्सएप चल्न छोड्छ कि छोड्दैन भन्ने कुरा थाहा पाउन सहज होस् ।
यसबाट तपाईंलाई ह्वाट्सएप निरन्तर रूपमा चलाउन आफ्नो मोबाइल परिवर्तन गर्ने कि नगर्ने भन्ने निर्णय लिन पनि सहज हुनेछ । यो सूचीमा भएका केही मोबाइलहरू पुराना छन् ।
हार्डवेयर राम्रै भए पनि अपग्रेड गर्न असक्षम रहेका केही फोनहरूमा भने अझै पनि ह्वाट्सएप चलिरहेको छ । त्यसो त कम्पनीले ह्वाट्सएपका लागि एन्ड्रोइड ५.० भन्दा पछिका अथवा आईओएस १२ वा त्यसपछिका फोनहरू सुझाउने गरेको छ ।
ह्वाट्सएप नचल्ने मोबाइलहरूको सूची
यो सूचीमा रहेका केही मोबाइल सात वर्ष वा त्यो भन्दा पुराना पनि छन् । केही प्रयोगकर्ताले आईफोन सिक्स एस प्लस अझै पनि प्रयोग गर्न मिल्ने अवस्थामा रहेको तर्क गर्न सक्छन् । तर ह्वाट्सएपले भने त्यसका साथै यो सूचीमा रहेका अन्य मोबाइललाई छोडेर नयाँ हार्डवेयर र अपडेटेड सफ्टवेयरमा केन्द्रित हुने निर्णय लिएको छ ।
सामसङ
-
ग्यालेक्सी एसीई प्लस
-
ग्यालेक्सी कोर
-
ग्यालेक्सी एक्सप्रेस २
-
ग्यालेक्सी ग्रान्ड
-
ग्यालेक्सी नोट ३ एन ९००५ एलटीई
-
ग्यालेक्सी नोट ३ नियो एलटीई प्लस
-
ग्यालेक्सी एस १९५००
-
ग्यालेक्सी एस ३ मिनी भीई
-
ग्यालेक्सी एस ४ एक्टिभ
-
ग्यालेक्सी एस ४ मिनी आई ९१९०
-
ग्यालेक्सी एस ४ मिनी आई ९१९२ डुअस
-
ग्यालेक्सी एस ४ मिनी आई ९१९५
-
ग्यालेक्सी एस ४ जुम
मोटोरोला
-
मोटो जी
-
मोटो एक्स
एप्पल
-
आईफोन फाइभ
-
आईफोन फाइभ सी
-
आईफोन सिक्स
-
आईफोन सिक्स एस प्लस
-
आईफोन सिक्स एस
-
आईफोन एसई
ह्वावे
-
एसेन्ड पी ६ प्लस
-
एसेन्ड जी ५२५
-
ह्वावे सी १९९
-
ह्वावे जीएक्स १ एस
-
ह्वावे वाई ६२५
लेनोभो
-
लेनोभो ४६६००
-
लेनोभो ए ८५८ टी
-
लेनोभो पी ७०
-
लेनोभो एस ८९०
सोनी
-
एक्सपेरिया जेड १
-
एक्सपेरिया ई ३
एलजी
-
अप्टिमस ४ एक्स एचडी पी ८८०
-
अप्टिमस जी
-
अप्टिमस जी प्रो
-
अप्टिमस एल ७
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:३४
