काठमाडाैं । विद्युतीय गाडी हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदरमा कर्जा पाइने भएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी खरिदमा यस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता अनुसार ल्याइएको यस योजनामा इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
हुन्डाई कोना दुई भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य रु. ५९ लाख ९६ हजार रुपैयाँ र जीएलएस भेरियन्टको मूल्य रु. ६४ लाख ९६ लाख हजार रुपैयाँ रहेको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीको भनाइ छ ।
कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । यसमा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ ।